वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

१ बैशाख २०७८, बुधबार ०९:३८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनभयो ।

सम्बोधन क्रममा उहाँले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहनुभएको छ ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गर्नुभयो । उहाँले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल