घोटालाको पोल खुल्ने डरले विद्यार्थी नेता पक्राउ

२२ भाद्र २०६९, शुक्रबार १२:२६ मा प्रकाशित

काठमाडौं, २२ भदौ । नेपाल विद्यार्थी संघले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको कार्यालय घेराउ गरेका छन्। आफ्ना कार्यकर्तालाई बिनाकारण पक्रेको भन्दै नेवि संघले प्रहरी कार्यालय घेराउ गरेको हो । क्याम्पस प्रशासनमा भएको घोटाला सार्वजनिक गर्न माग गर्दै आइतबार सभापति भट्टराईले क्याम्पस प्रमुखलाई ८० बुँदे मागपत्र बुझाएका थिए। यही विषयमा क्याम्पस प्रमुखसंग भएको सामान्य विवादलाई लिएर कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति महेन्द्र भट्टराईविरुद्ध क्याम्पस प्रशासनले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको विरोधमा बिहीबार नेविसंघ कार्यकर्ताले प्रहरी कार्यालयअघि नाराबाजीसहित घेराउ गरेका हुन्।
उक्त मागपत्रमा विद्यार्थीको समर्थन रहेकाले कम्प्युटर खरिदमा भएको भ्रष्टाचार खुल्ने डरले क्याम्पस प्रशासनले आफुविरुद्ध योजनाबद्ध रूपमा षड्यन्त्र गरेको भट्टराईको आरोप छ। क्याम्पस प्रशासनमा एमालेको बोलवाला भए पनि नेविसंघका भट्टराई विद्यार्थीबीच लोकप्रिय रहेकाले आफ्नो ब्रह्मलुटको पोल खुल्ने भयले उनीविरुद्ध साजिस रचिएको हुन सक्ने नेविसंघ केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले बताए।
आफ्ना कार्यकर्तालाई षड्यन्त्रमूलक ढंगले फसाउन खोजिएको भन्दै तत्काल उनलार्ई रिहा नगरे कडा आन्दोलनमा उत्रने तिमल्सिनाले चेतावनी दिए। भट्टराईलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले बुधबार पक्रेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस