४६० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

३१ चैत्र २०७७, मंगलवार १७:२२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २०१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६१, ललितपुरका २८ तथा भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६०८ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल