प्रवासी नेपाली मञ्ज पोर्चुगलको अध्यक्षमा रोबोट लिम्बू

३१ चैत्र २०७७, मंगलवार ०९:१३ मा प्रकाशित

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष रोबोट लिम्बू र महासचिव राजकुमार थापा चयन भएका छन् ।

समितिको युरोप प्रतिनिधिमा निराजन सुवेदी, प्रचार बिभाग प्रमुख तुलसीराम थपलिया, एनआरएनए बिभाग प्रमुख बलराम पौडेल, महिला विभाग प्रमुख निर्मला ढकाल, आर्थिक विभाग प्रमुख माया खरेल, संघसंस्था बिभाग प्रमुख हेम गुरुङ, युथ फोर्स विभाग प्रमुख पेम्छिरी शेर्पा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख साइला लामा रहेका छन् ।

यसैगरी सदस्यहरु गीता राना, सुशीला थापा, लक्ष्मी भट्टराई, हरि खड्का, सुधिर अर्याल, प्रेम लिम्बु, राजकुमार लिम्बु, कामना सिंह, दिपेन्द्र दंगाली, सालिकराम सुबेदी, प्रभाकरबिक्रम निरौला, रामकुमार श्रेष्ठ, रायन श्रेष्ठ, निर्माण गुरुङ, शितल लिम्बू, तविता सिंह, कोपिला थापा, मिलन थापा मगर, सुवास बस्नेत, लक्क्षिन घले, सुमन खरेल, जितेन्द्र खड्का, खगेन श्रेष्ठ, विशाल केसी
र रुपेद्र धमला रहेका छन् ।

नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटीहरु सकृय भएका छन् ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मञ्चहरुको भुमिका ठूलो रहने बताए । उनले विधि र पद्ती निर्माणका लागि पार्टी भित्र संघर्ष चलिरहेका जनाउदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।