आईपीएलः पञ्जाबको रोमाञ्चक जीत

३१ चैत्र २०७७, मंगलवार ०८:५८ मा प्रकाशित

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको पहिलो चरणको गएराती भएको अन्तिम खेलमा चार रनले राजस्थान रोयल्सलाई पछि पार्दै पञ्जावले जीत निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा छ विकेट गुमाउँदै २ सय २१ रनको विशाल योगफल बनाएको थियो । जसमा कप्तान के.एल. रावल र दीपक हुडाको उत्कृष्ट ब्याटिङ रहेको थियो ।

२ सय २२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थान २० ओभरमा सात विकेट गुमाउँदै २ सय १७ रनमा समेटिएपछि जीत पञ्जावको हातमा गएको हो ।

राजस्थानका डेब्यु कप्तान सञ्जु सामसनले आफ्नो शतकीय पारी खेले पनि टिमलाई जीत भने दिलाउन सकेनन् । ६३ बलमा १ सय १९ रनको व्यक्तिगत रन बनाएवापत कप्तान सञ्जु प्लेयर अफ द म्याच घोषित भएका थिए । अब पञ्जावले आउँदो शुक्रबार आफ्नो दोस्रो खेल चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा