‘फाइभजी’ सेवा चाँडै परीक्षण गर्ने तयारी भइरहेको छः मन्त्री गुरुङ

३१ चैत्र २०७७, मंगलवार ०८:४८ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ । टेकपाना मिडियाले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार नीतिगत बहस शृङ्खला’ मा उहाँले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले यो सेवाको चाँडै नै परीक्षण हुने बताउनुभएको हो ।

मन्त्री गुरुङले नेपालमा फ्रिक्वेन्सीलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय रणनीतिक योजना तयार पार्न थालिएको जानकारी दिनुभयो । “फ्रिक्वेन्सी भनेको प्राकृतिक रहेकाले सबैलाई उपलब्ध गराउने हिसाबले यसलाई के कसरी बाँडफाँड गर्न सकिन्छ भन्नेमा हामी अध्ययनमा रहेका छौँ”, उहाँले भन्नुभयो, “फ्रिक्वेन्सी सबैले पाउने गरी व्यवस्थित गर्दछौँ ।”

मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्दै देशको अर्थतन्त्र सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।

उहाँले नेपालको दूरसञ्चार क्षेत्रको विकास र सबलीकरणका लागि नीतिगत सुधारमा सरकार लागिपरेको उल्लेख गर्दै दूरसञ्चार सेवाको क्षेत्रमा अहिले (दोहोरापन) डुप्लिकेशन, राजश्व चुहावट लगायतका समस्या रहेकाले नियमन गर्न जरुरी रहेको छ भन्नुभयो ।

उहाँले दूरसञ्चार ऐन- २०५३ पुरानो भएकाले संशोधन गरेर नयाँ ऐन ल्याउन थालिएको जानकारी दिदैं दूरसञ्चारले दिने सेवा गुणस्तरीय बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।-

मन्त्री गुरुङले सरकारले डिजिटल नेपालको अवधारणा ल्याउन थालिएको जानकारी दिदैं ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि दूरसञ्चार प्रदायक कम्पनीले महत्वपूर्ण योगदान दिनुपर्ने बताउनुभयो ।

उहाँले दूरसञ्चारलाई एउटा छुट्टै पूर्वाधार कम्पनीका रुपमा विकास गर्न आफू लागिपरेको बताउँदै डेटा सुरक्षा र अनलाइन व्यापारलाई व्यवस्थित गर्न स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल