तीन नेपालीको मलेसियामा मृत्यु, आर्थिक अभावका कारण एकको सव त्यहीं अलपत्र

२२ भाद्र २०६९, शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं, २२ भदौ । रोजगारीका लागि मलेसिया पुगेका तीन नेपालीको मृत्यु भएको छ । छुट्टाछुट्टै तीन कम्पनीमा कार्यरत मृतकहरूमध्ये दुईको हृदयघात र अर्का एकको डुबेर मृत्यु भएको बताइएको छ । बातुतिकातस्थित प्रोडिन्युसिटी कम्पनीमा दुई वर्षदेखि कार्यरत सिस्नेरी ७ ओखलढुंगाका रामबहादुर राई र इपोकोतो एन्ड नुडल्स नामक कम्पनीमा कार्यरत महोत्तरी ५, महोत्तरीका ३५ वर्षीय सुरेन्द्र ठाकुरको हृदयघातबाट मृत्यु भएको हो भने इपोकैकिन्तारुबल वर्कस् नामक कम्पनीमा कार्यरत घुम्ती, छलाङ ३, धादिङका लक्ष्मण गुरुङको माछा मार्ने क्रममा कम्पनी नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
राई र गुरुङको शव गत अगस्ट २७ मा नेपाल ल्याइसकिएको र ठाकुरको शवलाई भने मलेसियास्थित एक अस्पातालमा राखिएको बुझिएको छ । ठाकुर अवैधानिक रूपमा कार्यरत थिए । उनी अवैधानिक भएकाले शव नेपाल पठाउन समस्या भएको समाचारमा जनाइएको छ । मलेसियामा मृत्यु भएकाको शव नेपाल ल्याउन कम्तीमा ४ हजार रिंगिट खर्च लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार