जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन

३० चैत्र २०७७, सोमबार १६:५३ मा प्रकाशित

काठमाडौ । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए।शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। सोमबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै पार्टीको उपाध्यक्षमा अब्दुल खान, बसन्त कुश्वाह र दीप साह चयन भएका छन् भने महासचिवमा चन्दक सिंह चयन भएका छन् । यस्तै महाधिवेशनबाट २३ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित हुनुका साथै ८ जना महिला निर्वाचित भएका छन् ।

यसैबीच पार्टीका नवनिर्वाचित महासचिव सिंहले आफूहरुको महाधिवेशनमा फ्रि मधेसको कुनै नारा र ब्यानर प्रयोग नभएको बताएका छन् । आफूहरुले फ्रि मधेसको एजेण्डा छाडिसकेको भन्दै पार्टीलाई बदनाम गर्न खोज्ने केही पक्षले भ्रम फैलाएको हुन सक्ने भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीको महाधिवेशन शनिबारदेखि सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत