रथ यात्रापछि पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गंगामा शाही स्नान

हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन भएको थियो । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी रथारोहण कार्यक्रममा भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको थियो । पूर्वराजा शाह यही चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाहका साथ भारत गएका थिए ।
३० चैत्र २०७७, सोमबार १६:५० मा प्रकाशित

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा भएको शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथ यात्रादेखि नै सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा थिए भने त्यस अघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत थिए ।

हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन भएको थियो । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रसमेत सहभागी रथारोहण कार्यक्रममा भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको थियो । पूर्वराजा शाह यही चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाहका साथ भारत गएका थिए ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी हरिद्वार पुगेका हुन् । सो मेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका हिन्दुवादी नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत