‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’: प्रधानमन्त्री ओली

३० चैत्र २०७७, सोमबार १६:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, उसले किन राजिना दिने ?’

उहाँले थप्नुभयो, ‘समर्थन फिर्ता लैजाउ । किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’ माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेपालले टिकट त बाँड्लान् तर एक जना पनि जित्दैनन् भन्दै उहाँले भन्नुभयो, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि । माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एक जना पनि बनाउन सक्नुहुन्न । आफै जित्नुहुन्न ।’

आत्मालोचना गरेर आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गल्ती महशूस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन । समूहगत रुपमा कुरा गरिन्न । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत