मन्त्रिपरिषद बैठक बस्दै, शैक्षिक संस्था बन्द गर्ने सिसिएमसीको प्रस्तावमा छलफल हुने

३० चैत्र २०७७, सोमबार ११:३९ मा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ बालुवाटारमा बस्न लागेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस सम्बन्धी महत्वपूर्ण छलफल हुने जनाएको छ ।

सिसिएमसीको शनिबार बसेको बैठकले कोरोना भाइरसको पछिल्लो नयाँ भरियन्टको जोखिम नियन्त्रण गर्नको लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकमा सिसिमएसीले प्रस्ताव गरेको उक्त विषयमा छलफल हुने जनाइएको छ । सीसीएमसीले काठमाडौँलगायतका सहरी क्षेत्रमा ३ साता विद्यालय बन्द गर्ने लगायतको नयाँ मापदण्ड प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल