हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

३० चैत्र २०७७, सोमबार ११:२४ मा प्रकाशित

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई १ सय ७७ रनमा रोक्दै १० रनको रोमाञ्चक जित हात पारेको हो ।

हैदराबादका मनिष पाण्डेले नटआउट ६१, जोनी बेइस्ट्रोले ५५, अब्दुल सामदले १९ तथा मोहम्मद नाबीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । कोलकाताका प्रसिध कृष्णले २ तथा साकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान एक-एक विकेट हात पारे ।

यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८० रनको योगदान दिए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गरे ।

यस्तै, राहुल त्रिपाठीले ५३, दिनेश कार्तिकले २२ तथा शुभमन गिलले १५ रन बनाए । जितसँगै कोलकाता, दिल्ली र बैंगलोरको समान २ अंक रहेपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली पहिलो र बैंगलोर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले