आइजीपी नियुक्तिमा १४ करोडको चलखेल ?

२२ भाद्र २०६९, शुक्रबार १०:०२ मा प्रकाशित


काठमाडौं, २२ भदौ । आईजीपी नियुक्तिको विषयमा मोलमोलाइले चरम रुप लिइदिंदा तीनसाताअघि नै टुंगिनुपर्ने प्रहरी प्रमुख नियुक्ति अझै अन्योलमा परेको छ । कसलाई महानिरीक्षक बनाउने भन्नेमा उच्च राजनीतिक तहमा सहमति बन्न नसक्दा बिहीबार नियमित रूपमा हुने मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेन । प्रहरी प्रमुख नियुक्तिमा सहमति बनाउनै भनेर बिहान बालुवाटारमा प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच डेढ घन्टा वार्ता भएको थियो । त्यहाँ सहमति बने गृहबाट नियुक्ति प्रस्ताव मगाएर बिहीबारै मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी थियो ।
उच्च स्रोतका अनुसार दाहाल र भट्टराईले गच्छदारलाई पहिलो रोलक्रमका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेरसिं रानाका नाममा मनाउन खोजेका थिए । तर गच्छदारले तेस्रो नम्बरका एआईजी भीष्म प्रसाईंलाई बनाउनुपर्ने अडान लिइरहेका छन् । यसरी उनले प्रसाईंको नाममा जिद्दी गर्नुको पछिल्तिर १४ करोड रुपैयांको चलखेल कारकतत्व रहेको चर्चा प्रहरीभित्रै चल्न थालेको छ ।
दाहाल र भट्टराईले इमानदार र व्यावसायिक पृष्ठभूमिका कारण रानालाई प्रमुख बनाउँदा संक्रमणकालीन सुरक्षा व्यवस्थामा सकारात्मक असर पर्ने तर्क राखेका थिए । गच्छदारले भने ुमुख्यसचिव नियुक्ति गर्दा आईजीपी आफ्नो भागमा दिने सहमतिु भएको दाबी गरेका छन् ।बालुवाटारमै बिहीबार साँझ भएको सत्तारूढ दलहरूको बैठकमा पनि आईजीपी नियुक्तिको विषय उठेको थियो । दाहाल र भट्टराई दुवैले यसबारे छलफलबाट सहमतिमा पुग्ने उल्लेख गर्दा गच्छदारले यसमा पहिल्यै सहमति भइसकेको जिकिर गरेका थिए । गच्छदारको मधेसी फोरम लोकतान्त्रिकबाहेकका अन्य मधेसी दलहरू पनि नियुक्तिका लागि छलफल हुनुपर्ने पक्षमै देखिएका थिए ।
आईजीपी रवीन्द्रप्रताप शाह भदौ २९ देखि अनिवार्य अवकाशमा जाँदैछन् ।
शाहसँगै उनका समकालीन पाँच एआईजी पनि एकसाथ सेवा निवृत्त हुँदैछन् । पाँचै जनाले सर्वोच्च अदालतमा ३२ वर्षे सेवा अवधि माग गर्दै दायर गरेको रिट निवेदन विचाराधीन छ । शाहले नयाँ ुब्याचु लाई मात्र नेतृत्व छाड्न तदनुरूपको निर्णयपछि मात्रै बिदामा बस्ने भन्दै आएका छन् । २०४० सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राना दोस्रो र तेस्रो नम्बरका प्रतिस्पर्धीद्वय नवराज ढकाल र भीष्म प्रसाईंभन्दा तीन महिनाअघि एआईजीमा बढुवा भएका हुन् ।
नियुक्तिको विषयले पैदा गरेको उहापोहबीच सकेसम्म सोमबारसम्म सहमति बनाएर वा नबने आफ्नै ढंगले भए पनि नियुक्तिको निर्णय गर्ने पक्षमा प्रधानमन्त्री भट्टराई रहेको स्रोतहरूको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र