गरिब पढ्ने स्कूलमा लुटपाट

२२ भाद्र २०६९, शुक्रबार ०९:४७ मा प्रकाशित

काठमाडौं, २२ भदौ । ललितपुरको गोदावरीस्थित गरिब र असहाय बालबालिकाले पढ्ने शान्तिरानी स्कूलमा बिहिबार एक लुटेरा समूहले नगद चार लाख रुपियाँसहित अन्य धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ । ३ ४ जनाको समूहमा राती १ बजे आएका लुटेराले सो लुटपाट मच्चाएर भागेका हुन् । अहिलेसम्म प्रहरीले लुटपाटमा संलग्नको पहिचान गर्न सकेको छैन।
गोदावारी ६ स्थित क्लुनी संस्थाको सहयोगमा विनिता मुखिया राईले संचालन गरेको स्कूलमा संचालिका राईसहित ४ जना शिक्षकहरुलाई खुकुरी देखाई नियन्त्रणमा लिएर नगद ४ लाख रुपैया, मोवाइल ३ थान, सुनको औँठी ३ थान र घडी १ थान लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित प्रविन विलास बज्राचार्यले संचालन गरेको प्रविधि तथा बचत सहकारी संस्थाबाट चोरहरुले बिहिबार बिहानै संस्थानको झ्याल फुटाई नगद १ लाख ८० हजार रुपैया चोरी गरी लगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या