मक्कीखोला लघुजलविद्युत परियोजना बजेट अभावका कारण प्रभावित

४ चैत्र २०६८, शनिबार १६:३४ मा प्रकाशित

म्याग्दी, ४ चैत । गाउँमै बग्ने खोलाबाट लघुजलविद्युत निकाली बिजुली बाल्ने आशामा बसेका म्याग्दीको निस्कोटका स्थायिनबासीन्दा आवश्यक बजेट उपलब्ध नहुदा समस्यामा परेका छन् । स्थानियस्तरबाटै जनश्रमदान र चन्दा संकलनबाटै बिजुली निकाल्न निस्कोटका ७ र ८ नम्वर वडाका स्थानियबासी गत १ बर्षदेखि लागिपरेका छन् । गत बर्ष स्थानियबासीले ५ लाख रुपैँया संकलन गरि थालनी गरेको ८ किलोवाट क्षमताको मक्कीखोला लघुजलविद्युत आयोजनामा  अहिले बजेटको अभावमा पेल्टी सेल र डाईनामो खरीद गर्न नसक्दा आयोजना समयमै सम्पन्न नहुने स्थानियबासीको चिन्ता छ । गत बर्ष गाविसको ३ लाख आर्थीक अनुदान र यो बर्षको १ लाख बजेटले विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगे पनि  करीब ६ लाख पर्ने पेल्टी सेल र दुई वटा डाईनामो खरिदमा रकमको अभाव हुदा समस्या भएको मक्कीखोला लघुजलविद्यूत आयोजना निर्माण समितिका सचिव चक्रपाणी कँडेलले बताउनुभयो । नेपाल यन्त्रशाला ईनर्जी कम्पनीमार्फन निर्माण गर्न सुरु परियोजना अन्तर्गत हालसम्म पानी ल्याउने कुलो निर्माण, पाउर हाउसको ट्याङकी निर्माण, लगायतका काम सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार