झलनाथ-माधव समूहको सुदूरपश्चिमका जिल्ला अध्यक्षमा को-को बने ?

२९ चैत्र २०७७, आईतवार १५:५४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरेको छ ।

प्रदेशका संयोजक भीम रावलले आज पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटी घोषणा गरेका हुन् । रावलले प्रदेश कमिटी बैठकले गरेका निर्णय पनि सार्वजनिक गरे ।

यस्तै झलनाथ-माधव समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन् । उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने उनले बताए । सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन् ।

यस्तै बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन् ।

यस्तै अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तीमा उल्लेख छ ।

कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन गरिएको छ । डडेलधुरा जिल्ला कमिटीः अध्यक्ष डा. तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने उल्लेख छ ।

डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन् । सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने विज्ञप्तीमा उल्लेख छ । कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको विज्ञप्तीमार्फत जनाइएको छ ।

बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन् ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय प्रदेश गरेको छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा शुरु गरिन्छ ।

देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आ–आफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल