बालुवाटारमा विदेशी गुप्तचरको मन्त्रणा पछि चुच्चे नक्सा गायब: भीम रावल

२९ चैत्र २०७७, आईतवार १५:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त जबाफ दिनुपर्ने समेत बताउनु भएको छ ।

सामाजिक सञ्जालमा रावलले लेख्नुभएको छ, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ ।’ ‘यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ?’ रावलले आशंका व्यक्त गर्नुभएको छ ।

शुक्रबार निजामति, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको थियो ।

उपप्रधानमन्त्री (त्यसबेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतानमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, र इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफरिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्तिपरिषदबाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल