सिरहामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या

२९ चैत्र २०७७, आईतवार ०८:३२ मा प्रकाशित

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेको र उनकी श्रीमती अनिता विश्वकर्मामाथि पनि उनीहरुले गोली र खुकुरी प्रहार गरेको सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकरी दिनुभयो ।

घटनामा घाईते भएकी अनिताको सिराहा स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न रामकृष्ण चौधरी र शंकास्पद अर्को एक जना पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल