म्यानमारमा सैनिकले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

२९ चैत्र २०७७, आईतवार ०८:२२ मा प्रकाशित

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो हताहती भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठुला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ । ८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको समाचार छ ।

प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तराष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्सर्ना गरिरहेका छन् । म्यानमारमा सैनिक कु भएयता निरन्तर प्रदर्शन जारी छ । म्यानमारका जनताहरुले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको रिहाइ लगायतका माग राखेर निरन्तर आन्दोलन गरिरहेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल