धनकुटा रामबजारमा भीषण आगलागी

२२ भाद्र २०६९, शुक्रबार ०९:३९ मा प्रकाशित

काठमाडौं, २२ भदौ । धनकुटाको लेगुवा गाविसमा रहेको रामबजारमा गए राति ठूलो आगलागी भएको छ । राती ११ बजे सुर भएको अगलागीबाट ६ घर र ५ पसल जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। आगलागीबाट मानिस हताहती नभए पनि एक गम्भीर घाइते भएका छन् ।
विद्युत सर्ट भई स्थानीय हेमबहादुर अधिकारीको घरबाट शुरु भएको आगो अन्य घरमा समेत सल्किएको प्रहरीले जनाएको छ । बजारका ६ घर र त्यसमा भाडामा रहेका ५ पसल नष्ट भएका छन् । घटनाको प्रारम्भिक विवरण अनुसार १ करोड ३ लाख ६० हजार बराबरको सम्पत्ति क्षति पुगेको छ । स्थानीय देवेन्द्र साहको २७ लाख, तेजबहादुर पुरीको २० लाख, दिनदयाल शर्माको २९ लाख ४० हजार, महावीरप्रसाद राईको १६ लाख, गन्जबहादुर राई ५ लाख, हेमकुमार अधिकारी २० लाख ६० हजार, खगेन्द्र श्रेष्ठ ३ लाख ६० हजार, काजी राईको १५ लाख बराबरको सम्पति क्षति भएको अनुमान गरिएको छ । आगलागी शुरु भएको करिब तीन घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागीसंगै एलपी ग्याँस सिलिन्डर विष्फोट हुँदा रमेश साह गम्भीर घाइते भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार