दिल्ली क्यापिटल्सको विजयी सुरुवात

२९ चैत्र २०७७, आईतवार ०८:२० मा प्रकाशित

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा दिल्लीले चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा भेट्टयो ।

पहिलो विकेटका लागि पृथ्वी शाँ र शिखर धवनले १ सय ३८ रनको शतकीय साझेदारी गरे । ५४ बल खेलेका धवनले २ छक्का र १० चौकाको मद्धतमा ८५ रन बनाउँदै शार्दुल ठाकुरको बलमा एलबिडब्लु धरापमा परे ।

यस्तै, ३८ बलमा ३ छक्का र ९ चौकासहित शाँले ७२ रनको योगदान दिए । रिषभ पन्तले नटआउट १५ तथा मर्कूस स्टोइनिसले १४ रनको पारी खेले । यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नइको पारी सुरेश रैना र मोइन अलीले सम्हाल्दै ५३ रनको साझेदारी गरे । रैनाले ५४, अलीले ३६ रन बनाए । यस्तै, राम करणले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायुडुले २३ रन जोडे । जितसँगै दिल्लीले २ अंक जोडेको छ । २ अंक जोडेको दिल्ली तालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले