‘एमाओवादी र मधेसी मोर्चाको दुर्नियतले संविधान बन्न दिएन’ : एमाले

२२ भाद्र २०६९, शुक्रबार ०८:२५ मा प्रकाशित


काठमाडौं, २२ भदौ । नेकपा एमाले एकीकृत माओवादी लगायत अन्य दलको उद्देश्यमै रहेको भिन्नताका कारण संविधानसभा असफल भएको ठहर गरेको छ । पार्टीका तर्फबाट संविधानसभाको चारवर्षे कार्यकालको स्वेतपत्र जारी गर्दै विशेषगरी एमाओवादी र मधेसी मोर्चाको गठबन्धनको दुर्नियतका कारण अन्तिम समयमा संविधानसभा विघटन हुन पुगेको निश्कर्ष निकालेको हो ।
‘माओवादी र अन्य दलको उद्देश्यमा रहेको भिन्नता संविधानसभाको निर्वाचनदेखि नै सुरु भएको अविश्वासको श्रृंखला र शान्तिप्रक्रियामा भएको विलम्व पनि संविधानसभा विघटनका कारणहरु हुन्’, एमालेले भनेको छ । संविधान निर्माणभन्दा बढी सरकार परिवर्तनको संसदीय भूमिकामा केन्द्रित हुने स्थितिले पनि संविधानसभा विघटन भएको एमालेको निश्कर्ष छ ।
सो पार्टीले संविधानसभा विघटनसम्बन्धी प्रतिवेदन (स्वेतपत्र) तयार गर्न २ महिनाअगाडि कार्यदल बनाएको थियो । सचिव शंकर पोखरेल नेतृत्वको कार्यदलले बिहिबार पार्टीअध्यक्ष झलनाथ खनाललाई स्वेतपत्र बुझाएको हो । केन्द्रिय समितिमा छलफलपछि स्वेतपत्रको सम्पूर्ण विवरण सार्वजनिक गरिने एमालेले जनाएको छ । नेतृत्वले सभासदहरुको भूमिकालाई अवमूल्यन गर्नु, महत्वपूर्ण विषयमा गम्भीर हस्तक्षेप गरेर राजनीतिक अगुवाई गर्न नसक्नुजस्ता कमजोरीहरुलाई पनि स्वेतपत्रमा औंल्याइएको छ ।
बैशाख २१ र जेठ २ का सहमतिले शान्तिप्रक्रिया र संविधान निर्माणको विश्वसनीय आधार सिर्जना गरेपछि कांग्रेस र एमाले माओवादी नेतृत्वको सरकारमा सहभागी भएको एमालेले उल्लेख गरेको छ । तर उक्त सहमति माओवादीले उलंघन गर्दा संविधान बन्न् नसक्ने अवस्था पैदा भएको एमालेले ठहर गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा