पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

२८ चैत्र २०७७, शनिबार १७:०१ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे ममहासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित हुनुभएको छ । त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानलले केही जिल्लामा जित सुनिश्चित गरे पनि नेतृत्व पङ्तिमा हार व्यहोरेको महासङ्घ निर्वाचन समितिले जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टरसहित ११ संगठनको प्यानलमा पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो । त्यस्तै, प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलमा निर्मला शर्मा नेतृत्वको समूहले प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल