दाहाल नेतृत्वको गठबन्धनमा महिना नपुग्दै चरम विवादमा

२२ भाद्र २०६९, शुक्रबार ०८:०२ मा प्रकाशित


काठमाडौं, २२ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको सत्ताधारी गठबन्धन संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाभित्र महिना दिन नहुंदै चरम विवाद सिर्जना भएको छ । दाहाल नेतृत्वको सो गठबन्धनभित्र एमाओवादी र मधेसी मोर्चा मात्रै हाबी भएको आरोप लगाउंदै स्वतन्त्रसहित नौ दलले आपत्ति जनाएपछि विवाद सार्वजनिक भएको हो । सत्तारुढ दलहरुले गत ३१ साउनमा दाहालको नेतृत्वको उक्त गठबन्धन घोषणा गरेका थिए ।
विघटित संविधानसभाका २१ दल सम्मिलित दाहाल नेतृत्वको गठबन्धनमा चरम विवाद भएपछि सहभागी नौ दल बाहिरिएका छन् । यद्यपि उनीहरुले आफूहरु बाहिरिउको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।
नौ दलको अर्को गठबन्धन तयार हुन लागेको बिहिबार एमाओवादीको केन्द्रिय कार्यालय पेरिस डांडामा बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएबाट पनि बुझ्न सकिने एक राजनीतिक विश्लेषकले दाबी गरे । गठबन्धनका प्रवक्ता समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले अन्तरविरोधका कारण बैठक स्थगित भएको स्वीकार गरेनन् । उनले गठबन्धनका कोही नेता उपत्यकाबाहिर त कोही बिरामी परेकोले बैठक स्थगित गर्नुपरेको जिकीर गरे । तर असन्तुष्ट नौ दलका नेताहरुले बुधबार राष्ट्रपति रामवरण यादवसंग भेट गरी सत्तारुढ दल नेतृत्वको गठबन्धनमा आफूहरु नरेको बताएको बुझिएको छ । नयां गठबन्धनले कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी नेताहरुसंग शनिबारबाट भेटघाट सुरु गर्ने कार्यक्रम तय गरिसकेका छ । तर, एमाओवादीका अध्यक्ष प्रचण्डसंग भने अहिलेसम्म भेटवार्ता गर्ने तयारी नभएको उनीहरुको भनाई छ ।
दलित जनजाती पार्टीका नेता विश्वेन्द्र पासवानले दाहालसंग केही समयपछि मात्र भेटवार्ता गरिने बताए । एमाओवादी नेतृत्वको गठबन्धनले आफूहरुको एजेण्डा ओझेलमा पार्न लागेको भन्दै नौ दलले छुट्टै गठबन्धन निर्माण गर्न लागेको पासवानले स्पष्ट पारे । ‘हाम्रो मुद्दालाई ओझेलमा पार्न लागेपछि छुट्टै गठबन्धन निर्माण गर्न लागेका हौं अब हामे गठबन्धन फुट्दैन तर दाहाल नेतृत्वको बैठकमा पनि सहभागी भने हुन्छौं’, पासवानले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल