जरिवाना बुझाएर खनाल छिरे सदरखोर

२२ भाद्र २०६९, शुक्रबार ०७:३८ मा प्रकाशित

काठमाडौं, २२ भदो । तत्कालीन सडक विभागका महानिर्देशक रहेका भौतिक योजना तथा निर्माण मन्त्रालयका पूर्वसहसचिव आनन्दप्रसाद खनाललाई डल्लीबजारस्थित सदर खोर पठाइएको छ । उनलाई केही दिनअघि सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर खनालले जरिवाना र बिगोबमोजिमको रकम बुझाएपछि कैद भुक्तानका लागि सदर खोर पठाइएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई भ्रष्टाचारी ठहर गर्दै १५ महिना कैद तथा बिगो र बिगो बराबर जरिवानाबापत रू दुई करोड ४३ लाख चार हजार असुल गर्नुपर्ने फैसला यही भदौ १२ गते सुनाएको थियो ।
फैसलामा उक्त इजलासले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्तिबाट बढेबढाएको सम्पत्ति र ऋण सापटी दिएको रकमसमेत अन्य स्रोत खुलेको सम्पत्तिबाट जफत हुने ठहर गरेको थियो । फैसला भएको ६० दिनभित्र आफैं अदालत उपस्थित भई आत्मसमर्पण गरे बिगोबाहेक २० प्रतिशत कैद तथा जरिवाना मिनाहा हुने कानुनी प्रावधान छ । फैसला हुनुभन्दा अघि पनि अनुसन्धानका लागि हिरासतमा बसेका पूर्व सहसचिव खनालले अब १० महिनामात्र कैद जीवन बिताउनुपर्ने छ । फैसला भएको नौ दिनपछि खनाल स्वयम् अदालतमा उपस्थित भई जरिवानाबापत नगद र बैङ्क ब्यालेन्ससमेत गरी ९७ लाख ३ हजार ६ सय बुझाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार