आफ्नै पार्टी र सरकार विरुद्ध बैद्य पक्षको आन्दोलन घोषणा

४ चैत्र २०६८, शनिबार १३:३३ मा प्रकाशित

अरु दलसँग छलफल र सडक संघर्ष गरेर सरकार ढाल्ने
काठमाडौ, ४ चैत ।  एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरहरुले आफ्नै पार्टी नेतृत्व र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेका छन् । केही समय अघि पार्टीको केन्द्रीय कमिटिको बैठकले पार्टी भित्रको अन्र्तद्धन्द्धलाई थामथुम पारेको भए पनि माओवादी भित्रको विवाद वैद्यपक्षको संघर्षको घोषणासंगै फेरि बाहिर आएको छ।
नेतृत्वले  केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन नगरेको आरोप लगाउँदै निर्णय कार्यन्वयनकोलागी दवाव दिन भन्दै वैद्यपक्षले संघर्षको कार्यक्रम ल्याएको जनकारी राजधानीमा पत्रकार सम्मेलन गरेर बैद्य पक्षधरले दिए । उनीहरुले चार बुँदे सहमति नै राष्ट्रघाती भएकोले त्यसको जगमा बनेको बाबुराम भट्टराई नेतृत्वमा सरकार बनेदेखि नै भट्टराईको राजीनामा माग गर्दै आएको वैद्यपक्ष ले राजीनामाको विषय थप चर्काउने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा सचिव सीपी गजुरेलले संघर्षको कार्यक्रम घोषणा गरेका हुन ।  उनले सडक,सदन र पार्टी तीन वटै मोर्चाबाट सरकारलाई फिर्ता बोलाउन दवाब दिइने बताए । गजुरेलले वर्तमान सरकार राष्ट्र र जनविरोधी भएकोले सरकार ढल्नुपर्ने नीति लिइएको जनाए ।

गजुरेलले एक साता भित्र राष्ट्रिय सहमतिको सरकारको लागी प्रधानमन्त्रीलाई राजीनामा गराउने प्रतिबद्धता अध्यक्षले ब्यक्त गरेको चार साता पछि पनि प्रधानमन्त्री कायमै रहेको भन्दै सरकारबाट पार्टीलाई फिर्ता गराउन पनि बाध्य भएर संघर्षमा जानु परेको बताए ।
उनले सरकार ढाल्न विचार मिल्ने अन्य दलहरुसंग पनि छलफल भइरहेको र ती दलहरुसंगको सहकार्यमा आन्दोलनको कार्यक्रम अघि बढाइने बताए ।

प्रधानमन्त्री भट्टराईको राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउने सम्मको तयारी  गरिने गजुरेलल बताए । शान्ति प्रक्रिया टुंगिने लागेको बेल र संविधानसभाको म्याद छोटिन लागेको बेला वैद्यपक्षले ल्याएको संघर्षको कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।
बैद्यपक्षधरले भारतसंग भट्टराई सरकारले गरेको राष्ट्रघाती सन्धी खारेज हुनु पर्ने माग पनि राखेको छ ।
आफूहरुको संघर्ष पार्टी फुटाउने तयारी स्वरुप नभएको दावी गर्दै गजुरेलले क्रान्तिकारी पार्र्टी फुटाएर नेपालमा क्रान्ति सम्भव नहुने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष वैद्य तथा महासचिव रामबहादुर थापा अनुपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।