आईपीएलको चौधौं संस्करण आजबाट सुरु

२७ चैत्र २०७७, शुक्रबार ०७:५३ मा प्रकाशित

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी आइपीएलको यो दुई महिने लामो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

कोभिडलाई मध्यनजर गर्दै यस प्रतियोगितामा सहभागी सम्पूर्ण आठवटा टोलीले कुनैपनि खेल आफ्नो घरेलु मैदानमा खेल्ने छैनन् । यसैक्रममा आजको पहिलो खेल साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेञ्जर बेंग्लोर विरुद्ध चेन्नईको चेपाक मैदानमा नेपाली समय अनुसार पौने आठ बजे खेल्दैछ ।

मुम्बईका कप्तान रोहित शर्मा छैटौं उपाधीका लागि तम्तयार छन् भने भारतीय क्रिकेट टोली तथा बेंग्लोरका कप्तान बिराट कोहली भने आफ्नो पहिलो आइपीएल उपाधीको दाउमा प्रतियोगितामा उत्रदैछन् ।

बेंग्लोरले यसपालीको संस्करणका लागि अष्ट्रेलियाली बिस्फोटक ब्याटस् म्यान ग्लेन म्याक्सवेललाई अनुबन्धित गरेको छ भने मुम्बईको टोलीमा धेरै परिवर्तन देखिएको छैन । यसपटकको आइपीएलमा भने नेपाली स्पीनर सन्दिप लामिछाने देखिने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले