लडाकू छनोट प्रक्रिया सुरु

२१ भाद्र २०६९, बिहीबार २२:४७ मा प्रकाशित

काठमाडौं, २१ भदौ । चितवन, नवलपरासी र कैलालीस्थित लडाकू शिविरमा बिहिबार भर्ना छनोट प्रक्रियाका लागि फारम भराउने काम सुरु भएको छ । सचिवालयको टोली पुगी नसकेकोले कैलालीमा नेपाली सेनाबाट फारम भराउने काम भएको बताइएको छ । त्यस्तै इलाम चुलाचुलीमा सचिवालयको टोली पुगिसकेको भए पनि आज सामान्य छलफल सुरु गरी भोली शुक्रबारबाट मात्रै काम सुरु हुने भएको छ ।

यसैबीच अवकास राृजेका माओवादी लडाकूले दोस्रो किस्तावापतको रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आज चितवनको शक्तिखोर शिविरमा प्रदर्शन गर्नुका साथै सचिवालय संयोजक बालानन्द शर्मालाई ज्ञापनपत्र बुझाएका छन् । लडाकूको प्रदर्शन चले पनि शिविरभित्र भर्ना प्रक्रिया अघि बढाउने काम जारी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको