प्रदेशसभा सदस्य झपट बोहरालाई माओवादीले सोध्यो २४ घन्टे स्पष्टीकरण

२६ चैत्र २०७७, बिहीबार ०९:०५ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एमाले प्रवेश गरेका सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ । बुधबार अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित बोहरालाई २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेप बहादुर चौधरीले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेशसभामा निर्वाचित भएपनि एमाले प्रवेश गरेको भन्दै दल त्याग सम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न