च्याम्पियन्स लिगः पिएसजी र चेल्सीको जीत

२६ चैत्र २०७७, बिहीबार ०९:०३ मा प्रकाशित

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी विजयी भए । पेएसजीले साविक बिजेता बायर्न म्युनिखलाई ३-२ ले हराएको छ भने चेल्सीले पोर्चुगलको पोर्टोलाई २-० ले पराजित गरेको हो ।

पिएसजीको जितमा युवा खेलाडी किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पिएसजीका लागि एम्बाप्पेले दुई र मर्किनसले एक गोल गर्दा बायर्नका लागि एरिक माक्सिम चुपो मोटिङले एक गोल गरे ।

बायर्नलाई पहिलो लेगमा हराएसँगै पिएसजीले दोस्रो लेगमा अवे गोलको फाईदा लिने छ । खेलमा पहिलो गोल खेलको तेस्रो मिनेटमै एम्बाप्पेले नेमारको पासमा गरेका थिए । पिएसजीले दोस्रो गोल २८ औँ मिनेटमा गर्दै अग्रतालाई दोब्बर बनायो ।

नेमारले व्यक्तिगत दोस्रो असिस्ट दिए पछि मार्किनसले पिएसजीलाई अग्रता दिलाएका थिए तर बायर्नले पहिलो हाफमा एक गोल भने फर्कायो । ३७ औँ मिनेटमा चुपो(मोटिङले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २(१ को अवस्थामा पुर्याए ।

बायर्नले दोस्रो हाफमा भने खेल बराबरी गर्यो । खेलको ६० औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २(२ को बराबरीमा ल्याए । बायर्नले पुनरागमन गरे पछि निकै मुभ बनाएको पिएसजी बिजयी गोल गर्न सफल भयो । पिएसजीका लागि ६८ औँ मिनेटमा फेरी एम्बाप्पेले गोल गर्दै दोस्रो लेगको लागि अवे गोलको फाईदा दिलाए ।

पिएसजीले दोस्रो लेग अप्रिल १४ मा आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्ने छ ।

यस्तै चौँथो सेमिफाइनलमा भने चेल्सीले पोर्टोलाई पहिलो लेगमा २(० ले पराजित गरेको छ । चेल्सीका लागि मेसन माउण्ट र बेन चिलवेलले एक(एक गोल गरे । अवे लिगमा दुई गोल गरेको चेल्सीलाई दोस्रो लेगमा सजिलो हुने छ । चेल्सीले आफ्नो घरमा हुने दोस्रो लेग अप्रिल १४ मै खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार घरेलु मैदानमा श्रीलंका पुलिस