दिदीबहिनीको एकै समय गर्भवती हुने चाहना

२६ चैत्र २०७७, बिहीबार ०८:२२ मा प्रकाशित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने झैं दुबै जे काम पनि सँगै गर्न रुचाउँदछन् । यहाँसम्म कि उनीहरुका ब्वाइफ्रेण्ड पनि एकै छन् ।

यी दुबै दिदीबहिनी केही समय पहिले टीएलसी एक्स्ट्रीम सिस्टम नामको शोमा पनि देखा परेका थिए । यी दुबैका बारेमा सबै कुरा एकसाथ गर्ने संसारकै सबैभन्दा नजिकका दिदीबहिनीका रुपमा पनि यिनीहरु चर्चित छन् । उनीहरु आफू एकैसाथ गर्भवती हुन पनि चाहेको बताइएको छ । लुसी र एना एकैसाथ खाना खान्छन् भने एकै प्रकारका लुगा लगाउने, एउटै ओच्छ्यानमा सुत्ने र उनीहरुलाई छुट्याउन पनि मुश्किल पर्ने बताइन्छ ।

उनका ४० वर्षीया प्रेमी ती दुबै दिदीबहिनीसँगै सुत्ने गर्दछन् । दुबै दिदीबहिनी ती प्रेमीको बच्चाका आमा एकैसाथ हुन चाहन्छन् । त्यसका लागि अष्ट्रेलियाको एक कानून उनीहरुका लागि समस्या बनेको छ । अष्ट्रेलियाको वैवाहिक कानून १९६१ का अनुसार कसैले पनि बहुविवाह गर्न सक्दैन । रियालिटी टिभी शोमा यसबारे कुरा गर्दा दुबै दिदीबहिनी गम्भीर बनेका थिए किनकी उनीहरु दुबै एकजना पुरुषसँग विवाह गर्न गइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न