बेलायतस्थित म्यान्मारको दुतावासमा राजदूतलाई प्रवेश निषेध

राजदूत मिनले रोयटर्स समाचार एजेन्सीसँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताउनु भयो । म्यान्मारमा गत फेब्रुअरी १ मा सैनिक कु भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । सैनिक नियन्त्रणमा रहनु भएकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।
२६ चैत्र २०७७, बिहीबार ०८:१३ मा प्रकाशित

लन्डन । बेलायतका लागि म्यान्मारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ । राजदूत क्वा ज्वार मिनलाई म्यान्मारमा सैनिक कु भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको बताइएको छ ।

राजदूत मिनले रोयटर्स समाचार एजेन्सीसँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताउनु भयो । म्यान्मारमा गत फेब्रुअरी १ मा सैनिक कु भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । सैनिक नियन्त्रणमा रहनु भएकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।

म्यान्मारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न