मुख्यसचिवद्वारा सर्वोच्चमा सफाई

२१ भाद्र २०६९, बिहीबार २२:४१ मा प्रकाशित

काठमाडौं, २१ भदौ । मुख्यसचिव लिलामणि पौडेलले सचिव वृन्दा हाडाको सरुवा सम्बन्धमा अदालतको अवहेलना नगरेको लिखित जवाफ पेस गर्नुभएको छ । निजामति ऐननियमको परिधिमा रहेर सचिव हाडाको सरुवा गरिएको जिकीर गर्दै मुख्यसचिव पौडेलले अदालतको अवहेलनासम्बन्धी विषयमा आफूले सोच्न पनि नसक्ने जवाफ दिनुभएको छ । तत्कालको लागि हाडाको सरुवाको आदेश रोक्ने आफ्नो अन्तरिम आदेश कार्यान्वयन नगरेको सम्बन्धमा सर्वोच्चले मागेको लिखित जवाफमा सचिव पौडेलले अदालतको आदेश कार्यान्वयनमा आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ ।
विशिष्ट तहको कर्मचारीको सरुवा केन्द्रिय तहमा विशिष्ट रुपमै रहने भएकाले हाडाको सरुवामा कुनै पूर्वाग्रह नराखिएको पौडेलले दाबी गर्नुभएको छ । उहांले अदालतको आदेश अवज्ञा नगरेको जिकीर गर्दै आफूमाथि दायर मानहानीको मुद्दा खारेज गर्न माग गर्नुभएको छ । आफूलाई सिंचाई मन्त्रालयमा हाजिर गराउन सर्वोच्चले दिएको आदेश अवज्ञा गरेको भन्दै सचिव हाडाले मुख्यसचिव पौडेलविरुद्ध समेत अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री