चितवन राष्ट्रिय निकुञ्जमा होटल सञ्चालनमा रोक कायमै

२१ भाद्र २०६९, बिहीबार २२:३९ मा प्रकाशित

काठमाडौं, २१ भदौ । चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको अनुमति नवीकरण गर्नेबारे सरकारले अघि बढाएको प्रक्रिया तत्काका लागि रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । निकुञ्जमा होटल सञ्चालन गर्न नदिन दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुशीला कार्कीको एकल इजलासले आगामी २७ गतेसम्मका लागि सोसम्बन्धी प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने विषयमा छलफल गर्न आगामी २७ गते दुबै पक्षलाई छलफलका लागि बोलाउने निर्णयसमेत गरेको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा होटल सञ्चालन गर्न दिन नहुने मागसहित सर्वोच्च अदालतमा बुधबार रिट परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार