अमेरिकाले एमाओबादीलाई आतंककारीको सूचीबाट हटायो

२१ भाद्र २०६९, बिहीबार २१:५६ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, २१ भदौ । । अमेरिकी सरकारले नेकपा एमाओबादीलाई आतंककारीको सूचीबाट हटाएको छ । शनिबार अमेरिकी स्टेट डिपार्टमेन्टको नाममा एक बिज्ञप्ति जारी गरि अमेरिकी सरकारले नेकपा एमाओबादीलाई आतंककारीको सूचीबाट हटाएको जानकारी गराएको हो । अमेरिकी सरकारको आतंककारी सूचीबाट नेकपा एमाओबादीको नाम हटाउने प्रयास स्वरूप ठिक एक बर्ष अघि एमाओबादी अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”ले अनौपचारिक अमेरिका भ्रमण गर्नु भएको थियो । माओबादी बिद्रोह संगै माओबादीद्वारा अमेरिकी स्वयंसेवी संस्था पिसकोर र युएसएआइडीद्वारा संचालित आयोजना, कार्यालय र कर्मचारीमाथि आक्रमण सुरु भए लगत्तै अमेरिकी सरकारले नेकपा एमाओबादीलाई आतंककारीको सूचीमा राखेको थियो । गत बर्ष राष्ट्रसंघिय महासभामा सहभागी हान आउनु भएका प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारका तर्फबाट एमाओबादीलाई आतंककारीको सूचीबाट हटाउन औपचारिक कोसिस गर्नु भएपनि अमेरिकी सरकारको बर्ष २०१२ को आतंककारी सुचिमा एमाओबादीको नाम निरन्तर समावेस गरिएको थियो । एमाओबादी अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”ले आतंककारी सुचिमा एमाओबादीको नाम हटाउन भारतीय संस्थापन पक्ष मार्फत अमेरिकी सरकार संग समन्वय गरिदिन पटक पटक आग्रह गर्नु भएको संचार सार्वजनिक भएका थिए ।यस अघिनै अमेरिकी सरकारले स्वयंसेवी संस्था पिसकोर नेपालमा पुनर्स्थापना गरि सकेको छ भने उसको बिकाश आयोजना संचालन गर्ने युएसएआइडीद्वारा संचालित आयोजनाहरु पुन: संचालनमा आएको लामो समय बिती सकेको छ । अमेरिकी स्टेट डिपार्टमेन्टको डिप्लोम्यासी इन एक्सनका प्रवक्ता द्वारा ६, सेप्टेम्बर २०१२ मा जारी PRN: २०१२/१३९५को बिज्ञप्तिमा अमेरिकी सरकारले नेकपा एमाओबादीलाई आतंककारीको सूचीबाट हटाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी