केही दिनअघि एमाले भएका उद्योगी प्रधान वायु सेवा निगम सञ्चालक सदस्यमा नियुक्त

२४ चैत्र २०७७, मंगलवार १८:०३ मा प्रकाशित

काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले विराटनगर १० मोरङकाका प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेका हुन् ।

निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम प्रधानलाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका प्रधान केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अन्य उद्योगी व्यवसायीसँगै एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न