फुल फुल्यो केशरी

२४ चैत्र २०७७, मंगलवार ०८:५१ मा प्रकाशित

काठमाडौं । ‘फुल फुल्यो केशरी’ बोल रहेको म्युजिक भिडियो आज युट्युवमार्फत सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको बृस्बेन शहरमा अवस्थित ड्रिम फिटले निर्माण गरेको म्युजिक भिडियोमा किरण मगर र निक्की श्रेष्ठले अभिनय गरेका छन् ।

त्यस्तै भिडियोमा स्माईली श्रेष्ठ र किशोरी बिष्टको पनि अभिनय रहेको छ । गीतमा जलविद्युत क्षेत्रका वरिष्ठ ईन्जिनियर तथा पुर्वी नेपालका गायक बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका टीका प्रसाईंको आवाज रहेको छ ।

लोक पप भर्सनको डान्सिङ पारामा रहेको गीतका रचनाकार अमेरिका निवासी पुष्कर पन्त हुन् । गीतको एरेन्ज÷मिक्स माष्टर भने वरिष्ठ सङ्गीतकर्मी राहुल प्रधानले गरका छन् । गीतको कोरश र ब्याक भोकल हार्मोनाईजेशनमा गायिका अर्पणा श्रेष्ठ, अजित घिसिङ, अमन प्रधान र कृष्चिना श्रेष्ठले गरेका छन् ।

उक्त गीतको छायाँकन भने अष्ट्रेलियामै गरिएको छ । बिदेशमा रहेर पनि नेपाली गीत सङ्गीत र नेपाली मौलिकतालाई विश्व सामु पुर्‍याउन लागि पर्ने गीतका कलाकारहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र