बार्सिलोनाद्वारा रियाल भालाडोलिड पराजित

२४ चैत्र २०७७, मंगलवार ०८:३६ मा प्रकाशित

बार्सिलोना । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा बार्सालाई विजयी गराउन खेलको अन्तिम मिनेटमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

यसअघि ७९औं मिनेटमा भालाडोलिडका प्लानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । यो जितसँगै बार्सिलोनाले स्पेनिस लिगको तालिकामा शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको दूरी एक अंकमा सिमित गरेको छ । २९ खेलबाट एथ्लेटिको मड्रिडको ६६ अंक छ भने बार्सिलोनाको ६५ तथा रियाल मड्रिडको ६३ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी