सुशीललाई किन गाली गर्छ माओवादी नेतृत्व ?

२१ भाद्र २०६९, बिहीबार १८:२२ मा प्रकाशित

काठमाडौं, २१ भदौ । प्रमुख दलहरुबीच सहमतिको सम्भावना बढेको प्रचार भइरहेकै परिवेशबीच नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले जेठ १४ गते सबै विधिविधान र आपसी सहमतिको वातावरणलाई लत्याएर एकलौटी रुपमा निर्वाचनमा जाने एमाओवादीको निर्णयले विश्वासमा संकट बढेको अभिव्यक्ति दिएका छन् । शुक्रबारदेखि पाल्पामा हुने पार्टीको पश्चिमाञ्चल दुई दिने महाधिवेशनको भेलामा सहभागी हुन त्यसतर्फ जाने क्रममा बिहीबार कोइरालाले यस्तो बताएका हुन् । अहिले पनि माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा पुर्नस्थापना गरौं बरु काँग्रेस नै सरकारमा आओस् भनि फकाउने गरेको कोइरालाको खुलासा गर्दै सभापति कोइरालाले पहिला राष्ट्रिय सहमतिको सरकार गठन गरेर आपसी छलफलबाट नयाँ निर्वाचनमा जानेबारे निर्णय गर्न आफ्नो अडान राखेको बताए ।
उनले सबल विचार र सैद्धान्तिक अडान राख्ने गरेकाले नै माओवादी अध्यक्ष प्रचण्डले जहिले पनि सुशिल कोइरालाको कारणले सहमति अगाडि बढेन भन्ने गरेको उल्लेख गर्दै माओवादीले भनेको सबै मानिदिने भए माओवादीलाई अमनचैन हुने र प्रचण्डले पनि आफूलाई गाली गर्न छाड्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल