‘ठूला ब्यापारी र उत्पादकको ताला फोरेर अनुगमन हुन्छ’ : आपूर्ति सचिव

२१ भाद्र २०६९, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौ, २१ भदौ । बाणिज्य तथा आपूर्ति सचिव लालमणी जोशीले बजारमा कृत्रिम अभाव सृजना गरेर मुल्यबृद्धि गर्ने ठूला ब्यापारी र उद्योगीहरुको गोदामको ताला फोरेर भए पनि अनुगमन गर्ने तयारी भएको खुलासा गरेका छन् । राजधानीमा बिहिबार आयोजित एक कायृक्रममा उनले प्रधानमन्त्रीले नै खुद्रा ब्यापारीबाट नभई ठूला ब्यापारी, आयतकर्ता र उत्पादकहरुबाटै कृत्रिम अभाव सृजना गरिएकोले उनीहरुमाथिको अनुगमनलाई तिब्रता दिन निर्देशन दिईएको जानकारी दिए । प्रधानमन्त्रीले अनुगमनको क्रममा गोदाम र पसल बन्द भएको पाइए ताला नै फोरेर भए पनि अनुगमन गर्न प्रधानमन्त्रीले कडा निर्देशन दिएको साक्षात्कारमा बताए । उनले भने– ‘हिजो अस्तिसम्म सचेतना मुलक अनुगमन भइरहेको थियो अब सशक्त अनुगमन हुन्छ , कालाबजारीगर्ने कोही पनि उम्कन पाउँदैन ।’

सचिव जोशीले अर्थमन्त्रालयले पेट्रोलियम पदार्थमा अनुदान र ऋण दिन अस्विकार अभाव कायमै रहने भन्दै खाना पकाउने ग्यासमा अझै पनि ३ सय ६५ रुपैया घाटा रहेकोले अर्को महिना ग्यासको मुल्य अझै बढ्ने बताए । पेट्रोलियम पदार्थको गतवर्ष १० अर्ब घाटा भएको सुनाउँदै उनले दक्षिण एसियामै कतै पनि ग्यासमा कर छुट रहेको अवस्थामा आयल निगमलाई सबैभन्दा बढी घाटा भएको ग्यासमा सरकारले कर छुट दिनु पर्ने बताए । उनले घाटा कम गरेर आपूर्ति सुचारु गर्न १० अर्वको मुल्य स्थिरिकरण कोष निर्माणको योजना रहेको बताए ।
बाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले अहिले बजारमा दैनिक उपभोग्य बस्तु प्रयाप्त भएको भन्दै बजारमा देखिएको अभाव कृत्तिम भएको दावी गरे । उनले अभाव नियन्त्रण गर्न सरकारले बजारमा हस्तक्षेपकारी अभियान चलाउने बताए । उनले अनुगमनको क्रममा पसल बन्द गरेर हिड्ने र अटेर गर्ने ब्यापारीमाथि कडा रुपमा प्रस्तुत हुने चेतावनी दिदै चिनीको मुल्यबृद्धिका विषयमा साल्टट्रेडिङमाथि अनुसन्धान भईरहेकको सुनाए ।
नेपाल खाद्य संस्थानका महाप्रवन्धक हरिनारायण साहले संस्थानसँग चामलको प्रयाप्त भण्डार रहेको भन्दै बजारमा उपभोक्ताको छनौट फरक हुँदा मुल्य बृद्धि भएको अनुमान गरे । उनले अहिले पनि आफूहरुसँग ३ लाख ६० हजार क्विन्टल चामल भण्डार रहेको भन्दै दशै तिहार र छठमा जनतालाई सहुलियत दरमा चामल वितरण गर्ने बताए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले अनुगमन गर्ने निकाय र ब्यापारीहरुको मिलेमतोमा भ्रष्टाचार भईरहेको भन्दै विश्व बजारमा भएको मुल्य बृद्धिको तुलनामा नेपालमा अस्वभाविक मुल्यबृद्धि भएको टिप्पणी गरे भने उनले सरकारले एक वर्षसम्म पेट्रोलियम पदार्थको मुल्य बृद्धि नगर्ने सहमति गरे पनि सात महिनामै बढाएको भन्दै महंगी नघटेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण