म्यान्चेस्टर युनाईटेडद्वारा ब्राइटन पराजित

२३ चैत्र २०७७, सोमबार ०८:५० मा प्रकाशित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको छ ।

गएराति साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो । इग्लिस प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ३१ खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी