विदेशबाट १७ शव ल्याइयो, थामिएनन् बाबुरामका आँशु

‘कस्तो दुःखद अवस्था, वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा–२, सिरानचोक–५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ वर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो ।’
२२ चैत्र २०७७, आईतवार १५:४८ मा प्रकाशित

काठमाडौं । मलेसियालगायत विभिन्न देशबाट आइतबार (आज) १७ शव नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको हो ।

आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको शव बुझ्न जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत विमानस्थल पुगेका थिए ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो दुःखद अवस्था, वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा–२, सिरानचोक–५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ वर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत