आदिवासी–जनजातीद्वारा आन्दोलन चेतावनी

२१ भाद्र २०६९, बिहीबार १८:०२ मा प्रकाशित

 काठमाडौं, २१ भदौ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले नेपाल सरकारलाई आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि एक महिने अल्टिमेटम दिएको छ । संघर्ष समिति र नेपाल सरकारवीच गत जेष्ठ ९ गते भएको सहमति कार्यान्वयनका लागि असोज मसान्तसम्मको अल्टिमेटम दिइएको हो । विहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले ९ बुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक संकटको निकास नखोजिएमा असोज मसान्तपछि सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । संघर्ष समितिले मुलुकमा आदिवासी–जनजाति, मधेशी, दलित, उत्पीडित वर्ग र समिान्तीकृत क्षेत्रका जनताले खोजेको पहिचानसहितको संघीयताविरुद्धमा षड्यन्त्र भएको भन्दै आन्दोलनको विकल्प नरहेको समेत स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष पर्शुराम तामाङले आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वय गर्न एक महिनाको अल्टिमेटम दिएको जानकारी दिंदै सो समय–सीमाभित्र माग सम्बोधन नभए अधिराज्यभर आन्दोलनको जेहाद छेड्ने चेतावनी दिए । संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमीले ठूला दलका नेताहरुका कारण आफूहरुसँग भएको ९ बुँदे सहमति कार्यान्वयन हुन नसकेको ठोकुवा गर्दै राज्यले असोज मसान्तभित्र कार्यान्वयन नगरे सुरु हुने आन्दोलनबाट हुने क्षतिको स्वयं सरकार जिम्मेवारी हुनुपर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी