फ्रान्समा अस्पतालले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढे, तेस्रो राष्ट्रिय लकडाउन घोषणा

फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजार नाघिसकेको छ । त्यहाँ संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकिएको छ । यसैगरी आगामी मंगलबारदेखि १० किलोमिटरभन्दा बढी यात्रा गर्नका लागि वैधानिक कारण देखाउनु पर्नेछ । फ्रान्समा थुप्रै प्रकारका कोरोना भाइरसका प्रजाति देखिनुका साथै युरोपेली संघले खोप अभियानलाई तीब्र बनाउन नसक्दा संक्रमण व्यापक बनेको छ ।
२२ चैत्र २०७७, आईतवार ०८:११ मा प्रकाशित

काठमाडौं । फ्रान्समा कोभिड-१९ संक्रमितको संख्या अस्पतालले धान्न नसक्ने गरी बढ्न थालेपछि तेस्रोपटक राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ । सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साथै साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

गत शुक्रवार एकै दिनमा १ सय ४५ जना विरामी सघन उपचार कक्षमा थपिएका छन् । यो संख्या विगत पाँच महिनामा सबैभन्दा बढी हो । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजार नाघिसकेको छ । त्यहाँ संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकिएको छ ।

यसैगरी आगामी मंगलबारदेखि १० किलोमिटरभन्दा बढी यात्रा गर्नका लागि वैधानिक कारण देखाउनु पर्नेछ । फ्रान्समा थुप्रै प्रकारका कोरोना भाइरसका प्रजाति देखिनुका साथै युरोपेली संघले खोप अभियानलाई तीब्र बनाउन नसक्दा संक्रमण व्यापक बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न