आठ क्षेत्रीजातीय संघबीच एकीकरणको घोषणा

२१ भाद्र २०६९, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौं, २१ भदौ । विभिन्न कारणले विभाजन भएका खस–क्षेत्रीजातीको अधिकारका लागि लड्दै आएका आठवटा जातीय संगठनहरुले एकताको घोषणा गरेका छन् । विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त खस क्षेत्रीएकीकरण समन्वय समितिले खस–क्षेत्री एकता समाज, आदिवासी–जनजाति, क्षेत्री समाज राष्ट्रिय महासंघ, खस–क्षेत्री एकता समाज विराटनगर, आदिवासी क्षेत्री राष्ट्रिय प्रतिष्ठान नेपाल, क्षेत्री समाज काठमाडौं, क्षेत्री भातृत्व प्रवद्र्धन समाज, क्षेत्री संरक्षण समाज र बृहत खस एकता समाजवीच एकीकरण गर्न छाता संगठन निर्माण गरी अगाडि बढ्ने सहमति भएको जानकारी दिइयो । यसले जातीय आन्दोलन कमजोर बनेको निष्कर्स सहित समग्र खस क्षत्रीहरुको जातिय पहिचान, अधिकारप्राप्तिको लागि आन्दोलनमा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै एकीकरण गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो । क्षेत्रीजातीय सस्थाहरुले एकताको क्रममा रहेको विवादहरु आगामी मंसीरमा हुने महाधिवेशनबाट टुङग्याईने छ । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाज राष्ट्रिय महासंघका अध्यक्ष केवी राउतले आफुहरु नेपालका आदीवासी भएकोले अन्य जातजातीसरह अधिकार प्राप्तीका लागि एक हुनुको विकल्प नरहेकोले एकीकृत भएको बताए । उनले अब एक ढिक्का भएर आन्दोलन गर्ने चेतावनी दिए । खस क्षेत्रीएकता समाजका अध्यक्ष युवराज कार्कीले ठूला दलका ठूला नेताहरुले खस क्षेत्रीका माग हरुलाई सम्बोधन गर्न आलटाल गरेकाले कडा दवाव दिन एक भएको बताए । पत्रकार सम्मेलनमा भाइचाराको सम्बन्ध भएका जातजातिलाई फुटाई, अखण्ड नेपाललाई टुक्रा पार्दै एक लौटी राज गर्छु भन्नेहरुलाई चुनौति दिँदै डिवी कार्कीले राष्ट्रिय अखण्डतालाई सम्पूर्ण जातजातिको भाइचारालाई कायम राख्न संयुक्त क्षेत्रीसमाज सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । आदिवासी क्षेत्री राष्ट्रिय प्रतिष्ठान नेपाल, क्षेत्री समाज काठमाडौं, क्षेत्री भातृत्व प्रवद्र्धन समाज, क्षेत्री संरक्षण समाज र बृहत खस एकता समाजवीच एकीकरण गर्न छाता संगठन निर्माण गरी अगाडि बढ्ने सहमति भएको जानकारी दिइयो । यसले जातीय आन्दोलन कमजोर बनेको निष्कर्स सहित समग्र खस क्षत्रीहरुको जातिय पहिचान, अधिकारप्राप्तिको लागि आन्दोलनमा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै एकीकरण गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो । क्षेत्रीजातीय सस्थाहरुले एकताको क्रममा रहेको विवादहरु आगामी मंसीरमा हुने महाधिवेशनबाट टुङग्याईने छ । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाज राष्ट्रिय महासंघका अध्यक्ष केवी राउतले आफुहरु नेपालका आदीवासी भएकोले अन्य जातजातीसरह अधिकार प्राप्तीका लागि एक हुनुको विकल्प नरहेकोले एकीकृत भएको बताए । उनले अब एक ढिक्का भएर आन्दोलन गर्ने चेतावनी दिए । खस क्षेत्रीएकता समाजका अध्यक्ष युवराज कार्कीले ठूला दलका ठूला नेताहरुले खस क्षेत्रीका माग हरुलाई सम्बोधन गर्न आलटाल गरेकाले कडा दवाव दिन एक भएको बताए । पत्रकार सम्मेलनमा भाइचाराको सम्बन्ध भएका जातजातिलाई फुटाई, अखण्ड नेपाललाई टुक्रा पार्दै एक लौटी राज गर्छु भन्नेहरुलाई चुनौति दिँदै डिवी कार्कीले राष्ट्रिय अखण्डतालाई सम्पूर्ण जातजातिको भाइचारालाई कायम राख्न संयुक्त क्षेत्रीसमाज सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल