युभेन्टसका तीन खेलाडी कारवाहीमा

२१ चैत्र २०७७, शनिबार १०:५८ मा प्रकाशित

रोम । इटालियन क्लब युभेन्टसका तीन जना खेलाडीले आज राति हुने ए सिरिजअन्र्तगत तोरिनोसँगको खेल खेल्न नपाउने भएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै प्रशिक्षक आन्द्रेया पिर्लोले तीन खेलाडीलाई टिम बाहिर राखेपछि उनीहरुले खेल्न नपाउने भएका हुन् । वेस्टन म्याकिनी, पाउलो डिबाला र अर्थर आजको खेलमा सहभागी नहुने भएका छन् ।

अमेरिकी मिडफिल्डर म्याकिनीले गएको बुधबार डिनर पार्टी गरेर कोरोना भाइरस नियन्त्रणका लागि लागु नियम उल्लंघन गरेकाले क्लबले उनीहरुलाई कारवाही गरेको हो । सो पार्टीमा रहेका १० आमन्त्रित मध्ये अर्जेन्टिनी स्ट्राइकर डिबाला र ब्राजिलियन मिडफिल्डर अर्थर पनि थिए । इटालीमा अहिले राति १० देखि बिहान ५ बजेसम्मका लागि देशव्यापी कर्फ्यू छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी