अमेरिकी संसद भवनमा गोली चल्यो, एक प्रहरीसहित दुईजनाको मृत्यु

२१ चैत्र २०७७, शनिबार ०८:२६ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण हुँदा एक प्रहरी अधिकारी मारिएका छन् । आक्रमणमा अन्य एक अधिकारी घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार त्यहाँ एक गाडीले त्यहाँको सुरक्षा पर्खालमा टक्कर दिएको थियो । त्यही गाडीका चालकले त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन् । प्रहरीले ती हमलाकारीमाथि गोली चलाएको छ । उनको पनि घटनास्थलमा नै मृत्यु भएको छ ।

आक्रमणकारी २५ वर्षका नोआह ग्रीन भएको प्रहरीले जनाएको छ । यो घटनाको आतंकवादसँग कुनै सम्बन्ध नभएको त्यहाँका प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न