महानगरको फोहोर आजबाट उठ्ने

महानगर र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि महागनगरले फोहोर उठाउने भएको हो ।
२० चैत्र २०७७, शुक्रबार १६:५१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताअघिदेखि नउठाइएको फोहोर आजबाट उठाउने भएको छ । महानगर र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि महागनगरले फोहोर उठाउने भएको हो ।

चैत १३ गतेदेखि प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए । सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने लगायषतका माग उनीहरूले राख्दै आएका थिए ।

‘महानगरले उहाँहरूको सबै माग पू्रा गर्ने भएको छ । ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आवमा ३/३ करोडसमेत पाउने भएका छन्,’ श्रेष्ठले भने, ‘फोहोर बोकेको गाडीलाई सिसडोल जान दिने सहमति भएको छ ।’

यसअघिका स्थानीयसँका छलफल तथा वार्ताहरू असफल बन्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल