उमेर नपुगी यौन सम्पर्क राखेपछि…

२१ भाद्र २०६९, बिहीबार १७:१९ मा प्रकाशित

काठमाडौं, २१ भदौ । उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै मालेको एक अदालतले १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ। २९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। मालेको हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्‍ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ। कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए। पछ्याउने क्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो। परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए। अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा