बागलुङमा बम विस्फोटमा गम्भीर घाइते भएका युवाको मृत्यु

२० चैत्र २०७७, शुक्रबार ०८:४४ मा प्रकाशित

बागलुङ । बागलुङ बम विस्फोटमा घाइते एककाे मृत्यु भएकाे छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हाे ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा  मृत्यु भएको परिवारले जनाएको छ ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् । घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक